आस्था / बिश्वास

आस्था / बिश्वास

कुनै कामकुरो ब्यक्ति ,मत, नीति आदि प्रति हुने सत्यताको धारणा , आस्था, (दृढ आस्था ) धारणा, स्रद्धा – पत्यार लाई बिश्वास भनिएको छ ।

मन वा दिलैदेखि जागेको सम्मान अखण्ड स्रध्दा— बिश्वास पत्यार सहारा भरोसा नै आस्था हो ।

नीति बिश्वासको उपज हो । धर्म अर्थ काम मोक्ष यी चार पुरूषार्थ पनि आस्था र बिश्वास नहो ।

धर्मको पर्यायबाची शब्द आस्था- बिश्वास हो । राजनीतिको – (अ ) बिश्वास। मानव ब्यबहार आस्था एवं बिश्वासमा चलिरहेको छ । यसैकारण जो पनि आस्था राख बिश्वास गर भन्ने गर्दछन ।इस्लाम, बुध्द, ईसाइ,हिन्दु आदि सबै धर्मको बिश्वास अथ वा लक्ष्य एउटै हो — प्रभूपाद प्राप्ति । प्रभूपाद मूर्त छैन , काल्पनिक बिश्वास बाहेक ।

सबै धर्ममा जन्मजात प्रभाव प्रभावीत देखिन्छ । जानेर कोहि कुनै धर्ममा आत्मलीन भएका होइनन्, मानेका मात्र हुन् । तसर्थ ब्यक्ति स्वयंलाई ऊ जुन धर्मको हो ,त्यस धर्मकोसार अथ वा अर्थ ज्ञात छैन । आस्था राख्छ ज्ञात छैन , धर्मभीरू मात्र भएको छ । एउटाको पबित्र धार्मिकस्थल अर्कोको लागी अपबित्र ठान्छ, भईरहेछ । धर्मिक बिज्ञापनबाट बिश्वास उत्पन्न गर्ने गरिएको सर्वबिदित छ । तिनलाई पनि धर्म बारेको सत्यासत्य ज्ञात छैन कि? नत्र धर्ममा लगानी किन ? तसर्थ जो जुन धर्मको हो उसले आफ्ना धर्मगुरू संग प्रश्न गरोस ! गर्न सकोस !

बिश्वमा इसाईहरू अधिक छन.बाईबलमा भएका त्रुटि यथाबत् छन, र पनि संख्या बढाउन लगानी गरिरहेका छन । इस्लामहरू एक्कइसौं शताब्दीमा पनि परिबार नीयोजन किन गरिरहेका छैनन !धर्ममा प्रतिष्पर्धा छ महत्वाकांक्षा छ, बिश्वस कम अहमत्व अधिक ।

धर्म अहिले सम्म पेशागत अहंतुष्टि मात्र भएको देखिन्छ मेरो / हाम्रो कल्पनामा आस्था राख , बिश्वास गर ! अरू गलत छन , हामि ठिक छौं भनिरहेको भान जो कोहिलाई भएको छ ! राजनीतिज्ञहरूईर्ष्या जस्तो भावनात्मक कमजोरिमा आघात गरि भय र लालसा उत्पन्न गर्दछन,गुप्त दान लिई शोषण गर्दछन ,। धर्म गुरूहरू अमूर्त एवं मृत्यु पछिको काल्पनिक भय एवं प्रलोभनमा पारेर शोषण गर्दछन । यसर्थ यी दुबै बर्ग पेशाकर्मि हुन यीनबाट साबधान रहनु पर्छ ।

अन्तत: जो वास्तबमा कसैको बिश्वास गर्दैन -एक्लिन्छ, र जो आस्था र बिश्वासको आडमा अन्धबिश्वासि हुन्छ , दलदलमा फस्छ ! तसर्थ आनन्दित जीवन जिउन धर्म र राजनीतिलाई न त प्रेम गर न त घृणा नै !

❤️