रोग पहिचान – ‌औषधि र चिकित्सक

रोग पहिचान – ‌औषधि र चिकित्सक

Drug/medicine Diseases and diagnosis.

ब्यक्तिको अश्वस्थतालाई रोगको प्रभाव भनिन्छ अर्थात रोग प्राणीमात्रमा उत्पन्न अस्वस्थता हो । कुनै पनि प्राणीको शरीर रोगको वासस्थान हो । यसको अर्थ सवै प्राणी जन्मजात रोगी हुन्छन् भनिएको होइन। अपवाद वाहेक सवै प्राणीको जन्म स्वस्थ एवँ रोगमुक्त हुन्छ ।

मानिस सतहको उपज हो । प्रकृतिको देन तथा आवश्यकता हो । हिजो आज प्रकृति भन्दा प्रवृत्ति वलियो भएको देखिन्छ । आध्यात्मिकता लाई वैज्ञानिकत्वले विजय गरेको जस्तो देखिन्छ । वास्तविकता त्यो होइन-हुन जालाकी भन्नेमा पनि निशँक हुन सकिएन । प्राण वाट प्राणी शब्द बनेको छ । प्राणीको उत्पति संभोग वा संयोगमा निर्भर रहेको देखिन्छ । टेस्टट्यूव वेवी वाट संसार चल्न / विकसित हुन सकोइन । तसर्थ प्रकृतिलाई भन्दा विज्ञानलाई यस संदर्भमा उच्च स्थान दिनु जरुरी छैन। हिजोको रुघाखोकीलाई आज कोविड-१९ को नामाकरण गरिएपछि त्यसको प्रभावलाई वैज्ञानिक / प्राकृतिक के भन्ने?अर्थात रोग विज्ञान वा  प्रकृति के को उपज हो । के विज्ञान  स्पष्ट  छ ? वा विज्ञान स्वयं स्पष्ट छैन – प्रकृति र प्रवृति प्रति ।

विज्ञानले  सदैव अध्यात्म / प्रकृति माथि विजय स्थापित गर्ने प्रयास गरिरहनेछ। प्रकृति यति सुक्ष्म तवरले गतिशिल छ-त्यसको छेउ टुप्पो पत्ता लगाउन सदियौँ लाग्नेछ । विज्ञानले हिजोको विश्लेषण गर्छ,प्रकृति आज-भोलीको संस्लेषण गर्दछ। तसर्थ जवसम्म मानिस मृत्युञ्जयी हुन  सक्तैन तवसम्म प्रकृति माथि विज्ञान विजयी हुन सक्दैन ।

मानिस जन्मदा स्वस्थ एवँ स्वच्छ हुन्छ । किनकी जन्मदै कसैको मन हुँदैन र  मस्तिस्क अपरिपक्व हुन्छ । जव जव उसको मस्तिस्क परिपक्व हुन्छ – त्यसले मन निर्माण गर्दछ । मन विगतको अनुभववात्मक ज्ञान र अज्ञानको संगालो हो । स्मृति तथा विस्मृति हो ।

रोग एवं स्वास्थको परिभाषापूर्ण हुनै सक्तैन- यो गतिशील  छ स्वास्थ र रोग संग संगै प्रतिस्पर्धा गर्दछन् तैपनि यस धरातलिय ब्रह्माण्डमा   भएका  जैविक तत्वहरु माथि वातावरणीय प्रभावले श्रृजित मनोशारीरिक नकारात्मक रुपान्तरणलाई रोग भन्दा केही अंश समेटिने  छ, भन्न सकिन्छ । अर्थात मेरो वुझाइमा रोग भनेको मनोशारीरिक स्थितिमा अस्थिरता हो ।

“Health is a state of complete physical, mental and social wellbeing “

माथिको परिभाषा परिस्कृत हुँदो छ जसमा आजभोली ‘Spiritual’ पनि थपिएको छ । यसरी हेर्ने हो भने  ‘स्वस्थ’ हुनको लागि सवै कुरा  ठिक हुनु पर्दछ -जुन संभव छैन,देखिदैन अत: सवै ब्यक्ति रोग ग्रस्त छन् – कुनै न कुनै रोगको लक्षण उसमा पाइन्छ। जो स्वस्थ देखिएका  छन् तीनमा पनि मानसिक समस्या पाइन्छ । त्यसको सामना गर्ने क्षमताले / ज्ञानले उ स्वस्थ मानिएको हुन सक्छ । अन्यया कोही स्वस्थ छैनन् भन्नु अत्युक्ति हुने छैन । यसर्थ कसैले पनि आफुलाई स्वस्थ र अस्वस्थको परिधिमा राख्नु  न्यायोचित हुँदैन । उ स्वस्थ छ सवै स्वस्थ हुनु,  सवै अस्वस्थ छन् -उ पनि स्वस्थ छैन ।

डेढ – दुईशय वर्ष  यता पश्चिमी चिकित्साले अनेकौ रोगको नामाकरण गरेको छ । त्यस अघि प्राकृतिक एवँ आयुर्वेदिक चिकित्सा  प्रणाली थियो भनिन्छ। आयुर्वेदले ब्यक्तिलाई निरोगी रहन निर्देशन गर्दथ्यो। कथं कदाचित रोग लागि हाले लक्षणको आधारमा रोग पहिचान गरी प्राकृतिक जडीवुटीवाटै उपचार गरिन्थ्यो । शल्यक्रिया कमै गरिन्थ्यो । आजका दिनमा रोगको पहिचान औषधि उत्पादकको व्यापारलाई प्रोत्साहन स्वरुप गरिन्छ। विभिन्न यन्त्र एवँ औजारको आविस्कार भएको छ। चिकित्सक नाम मात्रका गुग्गुले भएका छन् । जे भए पनि रगत-दिशा-पिशाव परिक्षण गर्ने गरीन्छ। CT Scan- MRI – Ultra sonogram जस्ता उपकरणीए जाँचमा उनको ज्ञान / सीप  निर्भर छ । यी परिक्षणहरु पैसा कमाउने साधन भएका छन् । नेपाल भारतका औषधि पसलले एवँ निम्न / मध्यम वर्गीय ब्यक्तिहरु स्वयम चिकित्सक वनेको छन् । औषधि उपयोगमा  जे जस्ता भय श्रृजना गरेपनि त्यो निस्क्रीय छ ।

सामान्यतया सवै मानिसहरु स्वस्थ हुन्छन् । आफ्नो दैनिकी सजिलै चलाएको देखिन्छ। शरीरमा केहि असजिलो हुन्छ । एक दुई दिनमा आफैं नीको हुन्छ । यस्ता मानिसहरु संग जव केही वचत हुन्छ तव अति सामान्य मनोशारीक समस्याको लागि चिकित्सक वा चिकित्शालय धाउँछन् । चिकित्सकले परिक्षण गरी केही औषधि दिएर सात दिन पछि बार मिलाएर आउनु भन्छन् । कतिपयलाई त्यो समस्या निराकरण हुन्छ भने , केहिलाई नीको भएको विश्वासै हुन्न । ती फेरी पटक पटक चिकित्सकको जान्छन् । मलाई सुगर (मधुमेह) भएको हो की ? रक्तचाप कम / वेशी छ रे ? भन्छन् । तत्पश्चात यन्त्रद्बारा सवै परिक्षण गरीन्छ । खोजी खोजी  सुगर ब्लडप्रेसर- थायराइड पत्ता लगाइन्छ। अनि यो औषधि सधै खानु पर्छ -छोड्नु हुन्न भनिन्छ । रमाइलो कुरो के भने स्वस्थ मानिसले रोगीको बिल्ला आफै भिर्दछन्।

सुगर नभएको ब्यक्ति पनि Pre-diabetic भनिन्छ अर्थात कि त सुगर पाइन्छ की त हुन लागेको  हुन्छ । उ कसरी उम्कन सक्छ । त्यस्तै अधिकतम् महिलाहरुलाई थायराइड्स हुन्छ । रजस्वला निवृतिको समयमा र तत्पश्चात एक वर्ष जति प्राकृतिक रुपमै त्यसो हुन्छ – यन्त्रले त्यहि देखाँउदछ। पहाडमा आफ्नो  दैनिकी चलाएकामा परिक्षण हुँदैन – विस्तारै प्रकृतिले त्यसबाट मुक्त गराउदैँछ । जो महानगरमा स्थानान्तर भई वसोवास  गर्दछन् – तिनीहरु परीक्षण गराउँछन् थायराइड्सको रोगी भई जीवनभर  औषधि सेवन गर्न वाध्य हुनेछन् । भनाइको तात्पर्य हरेक व्यक्तिमा परिपक्क हुदैँ जाँदा शरीरमा केही न केही समस्या स्वत: देखा पर्दछ र केही समय पछि आफै  संचो हुन्छ, त्यसप्रति कोही विश्वास गर्दैन ।

मेरो अनुभवमा कुनै पनि मनोशारीरिक समस्या ब्यक्तिमा त्यतिकै आउदैन / संवन्धित ब्यक्तिले जानी नजानी आमन्त्रण गर्दछ । आमन्त्रणको लागि अल्पज्ञान र जीज्ञासा नै पर्याप्त हुन्छ । नजीकका ब्यक्तिले महिनाको यति खर्च त? औषधि मै  गर्दछु  भनि सहानुभुतिक सर्वोच्यता प्रदर्शन गर्दछ । जसको लक्षण अर्को  व्याक्तिमा  पनि स्वत:स्फुर्त रुपमा उत्पन्न हुन्छ ।

हामीले जन्मदेखी ब्यक्तिको वृध्दि र विकास भएको देख्दछौ । तर यसको विपरित उसको आयु घटेको वोध कमैलाई मात्र ज्ञात हुन्छ । अर्थात जन्मै देखि मानिसको आयु घट्न थाल्छ । यसले काललाई दोष छैन्  एउटा न एउटा कारणले प्राणीको मृत्यु हुन्छ – त्यो कारण धेरै जसो रोग हो भने जान्न जरुरी छ । मानव सभ्यताको विकास संग संगै रोगको पहिचान  हुँदै  रोगको  पनि विकास भएको देखिन्छ । विगतमा रोगको मुलकारण के थियो , अनुमान मात्रै गर्न सकिएला तर वर्तमानमा चाहीं रोगको  पहिचान (Diagnosis) नै  प्रत्यक्ष देखिएको पाइन्छ ।  पाश्चात्य चिकित्सा पद्धतीको  विकासले  विनाश बढाएको छ । माथि भनिए  जस्तै कोही स्वस्थ हुन सक्तैन । परिक्षण यन्त्रले की त रोग पुष्टि  गर्छ कि त हुन लाग्यो भन्छ । रोगको पूर्व तयारीको संकेत गर्छ – स्वस्थ भन्दैन । यदि कोही शारीरिक रुपमा स्वस्थ छ भने पनि  मानसिक समस्याले पीडित भन्दै लठ्याउनै औषधि प्रयोग गरिन्छ ।

वर्तमान समयमा रोग र वैज्ञानिक खोज व्यापक भएको पाइन्छ । रोगी र वैज्ञानिक विच प्रतिश्पर्धा नै हुन  गएको जस्तो देखिन्छ । त्यसैले पशुपंक्षीको दाँजोमा मानिसमा २ गुणावढी रोग पहिचानमा आएको छ । रोगको श्रोत खोज्दै जाने हो भने प्राणीको उत्पति संगै भएको पाइने छ  हिजोको दिनमा मनो शारीरिक समस्या गौण हुन्थे । आज छरपस्ट वनाइएको देखिन्छ । प्राणीमा रोगको जीवाणु (वीज) जन्मजातै पाइन्छ । त्यसको बृद्बि र विकास उसको वातावरण -खानपान-र ज्ञानमा (अल्प- अधिक) भर पर्दछ । जसले गर्दा रोग, घटवढ हुने गर्दछ । अत: रोग प्राणी भन्दा भीन्न छैन । रोगजन्य तत्व अर्थात जीवाणुहरु ब्यक्तिको शरीरमा प्राकृतिक रुपमै विद्यमान हुन्छन् । त्यसैले शरीरलाई रोगको घर भन्ने गरिएको पाइन्छ । यी जीवाणुहरु आफसे आफ प्राकृतिक रुपमै  घटबढ हुने गर्दछन । त्यसको आन्तरिक   अवस्था नै स्वस्थ र अस्वस्थताको अवस्था हो । मानव शरीरको संरचना समान देखिन्छन् तर समान  देखिए पनि अनेकौ गुण / अवगुणको सामना गर्ने  क्षमता भिन्न भिन्न  पाइन्छ / पाइएको छ ।  त्यसैले सवैको शरीरमा रोगका जीवाणु छन वा औषधिको समान असर देख्न पाँइदैन । यसर्थ ब्यक्ति विशेषको समायोजन क्षमता – समस्थितिमा रोगको प्रकोप निर्भर गर्दछ ।

मानिसलाई रोग लाग्नु भ्रम हो -त्यसको उपचार कति सही कति गलत प्रयोगकर्ता नै उत्तरदायी छन् । मैले भन्न चाहेको कुरा वुँदागत रुपमा निम्न छन्:

  1. मानिसलाई रोग लाग्छ । रोग प्रकृति हो । निराकरण पनि प्रकृतिलाई नै छोडी दिऊँ ।
  2. अप्राकृतिक अर्थात कृतिम खाद्यबस्तुहरु सेवन नगरौ ।
  3. ब्यक्तिको शरीर भीत्रै विकारी किटाणुहरु हुँदा त्यसलाई जस्ताको तस्तै रहन दिऊँ ।
  4. दुर्घटना घा-चोटको लागि चिकित्सकको सेवा लिऔँ ।
  5. चिनी- मैदा र आयो नून परित्याग गरौ ।
  6. अरुको रोगवारे चासो नराखौ-आफ्नो रोगलाई पनि वास्ता नगरौ ।
  7. सामान्य पीडामा हुदाँ हुँदै रोग खोज्न अनेकौ परीक्षण नगरौ ।
  8. रोगको पहिचान गर्नू नै रोगी हुनु हो ।
  9. शरीरले मागे जति पानी पिऔं ।

१०.औषधि सेवन गर्ने नगरौ ।

अन्तत हरेक ब्यक्ति स्वस्थ छ । कुनै वेला असजीलो हुन सक्छ । केही दिनमा त्यो आफै ठीक हुन्छ । शरीर रोगको घर मात्र होइन-प्राकृतिक चिकित्सालय पनि हो । जहाँ आफसे आफ उपचार हुन्छ । तसर्थ सदैव मन मनले “मन शान्त छ-आन्नदित छ ” भनि स्मरण गर्नुहोस । मलाई के के न भएछ भनि अविस्वसनिय उपकरणहरुवाट कुनै पनि रोग छ भनि पुष्टि गर्न नलाग्नु होस ।

कुनै धर्म होस वा विज्ञान आस्तिक हुन वा नास्तिक सवैको लक्ष्य आनन्दीत भई वाच्नु हो । तपाईलाई न कसैले दु:ख दिन सक्छ न त आनन्द नै ।

आनन्दानुभूति नै जीवन हो – जो क्षणिक हुन्छ,स्थीर गराउन अभ्यस्त हुनु पर्छ ।

मानसिक स्वस्थ दिवसको उपलक्ष्यमा मनोशारीरिक स्थितिमै आनन्दित हुन सक्नु होस जसको लागि ढाड सिधा पारी पलेटी मरेर वसि हलुका संग आँखा चिम्लेर व्रहम मुहर्तमा आधा घण्टा आफू भित्र आनन्द खोज्नुहोस ।

धन्यवाद 

Add Your Comment