सङक्षिप्त परिचय

Variety of support

सङक्षिप्त परिचय

मनोसमाजिक परामर्श मेरो एउटा नितान्त वैयक्तिक प्रयास हो । परामर्श सेवापेक्षीले नेपाल टेलिकमको नम्वरबाट मिस्डकल गर्नु भएमा कलब्याक गरिनेछ । परामर्शदाता र सेवापेक्षी बिचको संवाद गोप्य रहनेछ । आफ्नो समस्या नि:सङकोच व्यक्त गर्नु भएमा परामर्शदाताद्बारा आफूमा अन्तर्निहित ज्ञान र सीपको सहायताले समस्या समाधान गर्ने प्रयत्न गरिनेछ । ।भविष्यपर्यन्त कोभिड -१९ को उपस्थिति वा अनुपस्थितिमा समेत यो निःशुल्क सेवा कार्य जारी रहनेछ ।

नाम:    शेष बहादुर खड्का   उमेर: ६६ वर्ष

योग्यता :  एम.. (चिकित्सामनोविज्ञान)

प्रशिक्षण:  मनोसामाजिक परामर्श

अनुभव: निम्नोदित विविध संघ-संस्थामा मनोवैज्ञानिक, मनोसामाजिक परामर्शदाता,मनोशारीरिक उपचारक तथा प्राध्यापकको रुपमा विविध कालखण्डमा सेवा प्रदान ।

  • सिभिक्ट नेपाल
  • त्रिचन्द्र कलेज
  • मनमोहन मेमोरियल कलेज
  • ग्रामीण आदर्श बहुमुखी क्याम्पस

संप्रति:मनोविज्ञान तथा गीतोपनिषद स्वाध्याय

कोभिड-१९ त्रस्त-ग्रस्तहरुलाइ आत्मबल विवर्धन हेतु सम्पुर्ण नि:शुल्क मनोसामाजिक परामर्श।

कार्यविधि :

मनोसमाजिक परामर्श मेरो एउटा नितान्त वैयक्तिक प्रयास हो । परामर्श सेवापेक्षीले नेपाल टेलिकमको नम्वरबाट मिस्डकल गर्नु भएमा  कलब्याक गरिनेछ । परामर्शदाता र सेवापेक्षी बिचको संवाद गोप्य रहनेछ । आफ्नो समस्या नि:सङकोच व्यक्त गर्नु भएमा परामर्शदाताद्बारा  आफूमा अन्तर्निहित ज्ञान र सीपको सहायताले समस्या समाधान गर्ने प्रयत्न गरिनेछ । ।भविष्यपर्यन्त कोभिड -१९ को  उपस्थिति वा  अनुपस्थितिमा समेत यो निःशुल्क सेवा कार्य जारी रहनेछ ।

 

प्रयोजन :

कोभिड-१९ त्रस्त-ग्रस्तहरुले बताउने गरेको प्रतिकूल लक्षणहरुको आधारमा मनोसामाजिक परामर्श तथा उपचार पद्दतिद्बारा विहित समस्या-समाधान गर्नु प्रस्तुत दूर परामर्श (टेलिकाउन्सेलिङ) को प्राथमिक प्रयोजन हो ।

प्राक्प्रेरणा : यता मेरो चिकित्सक पुत्र नासत्य खड्काले कोभिड ग्रस्तको दुरोपचार (Tele-Treatment ) गर्ने क्रममा कोभिड जनित मय तथा तञ्जनित अनिद्रा पश्चात दुर परामर्श (Tele-counselling)को आवश्यकता तथा औचित्य तर्फ संकेत गरेका र उता संयूत्त राज्य अमेरिकामा सूचना-प्रविधि अभिएन्ताद्बय दुहिता अर्चना खड्का तथा जामाता पुकार कंडेलद्बारा विज्ञापन तथा सूचना प्रविधि सम्वद्य व्यवस्थापनको योगमा अर्का अभियन्ता पुत्र दस्र खड्काद्बारा निर्मित ‘सञ्जाल पृष्ठ’ (web page )को संयोग-संभव प्रस्तुत सेवा कार्य ‘मनोसामाजिक दुर परामर्श’ ले अर्को सौजन्यव्यवस्थापक पुत्र अक्षय खड्काको अष्ट्रेलिया बाट तथा सहवासिनी श्रीवती तारा कार्की खड्काको वर्धन प्राप्त गर्नु प्रस्तुत सेवा-कार्यको हेतु  ‘स्वर्णमा सौरभ ‘हुनुपर्दछ,सायद।

अनुभव

निम्नोदित विविध संघ-संस्थामा मनोवैज्ञानिक, मनोसामाजिक परामर्शदाता,मनोशारीरिक उपचारक तथा प्राध्यापकको रुपमा विविध कालखण्डमा सेवा प्रदान ।

क) सिभिक्ट                     ख) ग्रामीण आदर्श बहुमुखी क्याम्पस

ग) मनमोहन मेमोरियल कलेज     घ) त्रिचन्द्र कलेज