मानसिक स्वास्थ के हो ?

मानसिक स्वास्थ के हो ?

जीवनका व्यवहारीक शब्दहरुको पछाडी स्वास्थ जोड्दा त्यसको सीमा तय हुन्छ । मानसिक शब्दको अर्थ अमुर्त तर अत्यन्त तरल र सुक्ष्म शरिर भन्ने बुझ्नु पर्दछ । मानिसको अस्तित्वले मन र शरीरलाई इङ्गीत गर्दछ।स्वस्थको क्षेत्रमा प्रत्यक्षत:शरीर देखिन्छ। शरीरको स्वास्थता नै जीवनको मूर्त स्वरुप हो। शरीर स्वस्थ हुनलाई उसको अप्रत्यक्ष एवम अमुर्त अस्तीत्वको महत्वपुर्ण भुमिका हुन्छ । त्यो अमुर्त तत्व व्यक्तिको मन हो ।मन विनाको शरीर सक्रिय हुन सक्त्तैन । जीवन स्थीर होइन अत: मन र शरीर भनौ वा मनोशारीरिक सक्रियता वा लयवद्धता नै स्वास्थ /स्वस्थता  हो । तेशैले शरीरको गतिशीलताको लागि मन आवश्यक देखिन्छ । अत:हरेक ब्याक्ति स्वस्थ हुनको लागि उसको मानसिकता स्वास्थ हुनु पर्दछ । किनकी स्वास्थता/अस्वस्थता उसको मन-मनस्थितिमा निर्भर गर्दछ ।

मानसिक स्वास्थले वाह्य शरीर भन्दा पनि आन्तरीक स्थितिमा शान्त/सुख अर्थात स्वान्त:सुखाय भन्ने जनाँउछ । अर्थात आन्तरीक रुपमा भावनात्मक आनन्दानुभुति हो । जस्ले तनाव/चिन्ता जस्ता नकारात्मक भावनालाई (सामना) प्रवेश निषेध, यान्त्रिक रुपमै गर्दछ। व्याक्तिको अस्तित्व वाह्य रुपमा शरीर हो । शरीर संचालन आन्तरिक मनले गर्ने गर्दछ। तसर्थ कुनै दुर्घट्ना विना व्यक्ति निष्कृय हुनु भनेको मानसिक स्थितिमा अस्थिरता आउनु हो । संतुलन नहुनु हो । कुनै पनि व्यक्ति सुख दु:ख तनाव-चिन्ता -विषाद-हर्षवाट मुक्त छैन । यसमा मात्रत्मक भेद हुन्छ। जसले यसको सामना गरी व्यवस्थापन गर्न सक्दछ उ स्वत:स्वास्थ रहनेछ । अर्थात सवै व्याक्तिको जीवनमा यी र यस्ता अनुभूति हुनेछ,रहिरहनेछ जसको सिधा प्रभाव व्यक्तिको व्यक्तित्वमा पर्दछ/परेको देखिन्छ ।

मानसिकता अत्यन्त तरल र नाजुक हुन्छ ।यो व्यक्तिको भावनात्मक व्यावहारसंग बढी संवेदनशील हुन्छ। सानो ठुलो जस्तै पनि नकारात्मक शब्दले समेत यसलाई चलायमान गर्ने गर्दछ। जसमा सामना गर्ने क्षमता अपुग हुन्छ, यसवाट ऊ प्रभावित हुनेछ । यो व्यक्तिको मन मस्तिस्कको तरंग (wave) हो ।

स्वस्थता व्यक्तिको स्वस्थ हो । स्वास्थ व्यक्तिले स्वस्थको चिन्तन गर्दैन । तव सम्म उसमा त्यो(भावनात्मक)तरंगले प्रभाव पार्न सक्दैन। तसर्थ स्वास्थवारे व्यक्ति विशेषमा जो जे जति ज्ञान/अध्ययन छ,त्यो यथेष्ठ छैन , शायद । स्वास्थलाई स्वास्थ राख्न मनो शारीरिक व्यायम आवश्यकता छ। यो व्यायामको लागि व्यक्ति विशेषमा समयले  प्रभाव पार्दछ । कस्ता समस्या भएकाको लागि कुन व्यायाम कति समय गर्नु पर्ने हो -सो को ज्ञान हुनु जरुरी हुन्छ ।

विवेकशिल र चेतनाशील व्यक्तिमा शान्ति र आनन्द कसरी होला ? जसमा दु:ख अनिवार्य तत्व हुदै हो । दकार्तले “मानिस यन्त्र हो “भनेको थिए। यन्त्रलाई स्थीर राख्ने हो भने खियां लाग्दछ। धेरै चलायो भने पनि खिइनु स्वभाविकै हो । चेतनाले गर्दा उ न त स्थिर भइरहन सक्दछ न त अनवरत एउटै गतिमा चल्न । यसकारणले व्याक्तिको मनोशारीरिक अवस्था विकसित भई -हास हुँदै जान्छ  ।

वर्तमान परिपेक्ष्यमा शिक्षाको नाममा  ज्ञान लुप्त भएको छ । ज्ञान वोध विनाको शिक्षा (आर्जित ज्ञान) भएको छ । यो स्मृति क्षमतामा सिमीत देखिन्छ। शिक्षाले व्यक्तिको मानसपटलमा स्पन्दन ल्याउन सकेको छैन/देखिदैन ।

व्यक्ति जन्मन्छ। जन्म’नु’ शरीरको अस्तीत्व हो । जन्मेपछी केही वर्ष ऊ पराश्रीत विना जीउन सक्दैन । पराश्रयको अवस्थामै उसको मानसिकता निर्धारण भै सक्छ । यस्तो पराश्रीत जीवनको स्वास्थ्य कहिल्लै स्वास्थ होला ?अर्थात पराश्रयको अवस्थामा उसले अनेकौ अनुभव गर्दछ । सिक्दछ । जे जति सिकाई तथा अनुभव गर्दछ ती सवै मनरुपी अमुर्त मनको स्मरणमा संकलन हुन्छ । भनिन्छ, जन्मदा व्यक्तिको मन हुदैन – मन विगतको संगालोको पुन्ज  हो । त्यो पुन्ज कहिले कता, कहिले कता  देखिन्छ ।

जीवनको आधा उमेर , श्रृजनात्मक अवस्थामा कुनै पनि व्यक्तिमा मनोविकार आँउदैन-अपवाद वाहेक । उसको शरीरमा वृध्दि र विकाश हुन्छ शरीर र मनमा पुर्णता आउदैछ। पुनरुत्पादन क्षमता पूर्ण हुन्छ। त्यसैले अधिकांश प्राणी वर्तमानमै रम्दछ/रमाउँदछ। उसलाई न त विगत न त आगतले प्रभाव पार्न सक्दछ । यो अवस्थामा उ स्वस्थको हिसावले सुरक्षित हुन्छ । जसलाई जीवनको जीवन्तता भन्नमा गर्व  गर्दा हुन्छ । विस्तारै जीवनको उत्तरार्धमा विगतको मुल्यांकन र आगतको कल्पनाले  उसको मनोशारीरिक स्वास्थ क्षीण हुन्छ र संकटग्रस्त हुन पुग्दछ ।

 

मानसिक समस्या होस वा शारीरिक रोग,व्याधि । जवसम्म व्याक्तिले मनस वाट आमनत्रण गर्दैन तव सम्म उसमा प्रविष्ठ हुन सक्दैन। संभवै हँदैन। हीजो आज जन-जागरण (Awareness) को नाममा रोगको लक्षण-पहिचानको प्रचार प्रसारले तत्सम्वन्धि रोग एवम् समस्यालाई अधिकतम व्याक्तिले आमन्त्रण गरेको देखिन्छ । चिकित्साको नाममा चिकित्सक समेत यन्त्रको परिणामा निर्भर गर्दछन् । जसले रोगको पहिचान ( Diagnosis )गर्ने  गरीएको छ । चिकित्सकको अनुभव र ज्ञानको  कुनै प्रयोजन देखिदैन  । यन्त्रले सवैलाई एउटै खाल्टोमा हाल्दछ । मानिस । यन्त्र र यसको मापदण्ड(Parameter )मा समेटीदैन। किनकी यन्त्रले वैयक्तिक भिन्नताको पहिचान गर्ने गर्दैन । रक्तचाप-मधुमेहादी रोगका  पीडितहरुलाई हेर्यो भने यो शंका स्वत : सिध्द हुनेछ ।

मानिसको वैयक्तिक भिन्नतालाई विचार नगर्नाले कैयौले आफूलाई आफैले रोगी वनाएको देखिन्छ । त्यसकारण जो जसले  आफू र आफ्नो विशेषता / अस्तीत्व वोध गर्दछ । ऊ सवै प्रकारका (मनो शारीरिक ) समस्याबाट मुक्त हुनेछ । जसलाई मानसिक स्वास्थ भनि वृहदतालाई सारांशमा प्रस्तुत गरीएको हो । छ । अर्थात जव चिकित्सकले यन्त्रको सहायताले एक वा सो भन्दा वढी रोगको ठप्पा लगाई दिन्छन तव त्यो  व्याक्ति नीरोगी नभई आफूले आफैलाई रोगी वनाउंछ।

Add Your Comment