मनोबैजनिक परामर्श

Free Consultation

मनोसमाजिक परामर्श मेरो एउटा नितान्त वैयक्तिक प्रयास हो । परामर्श सेवापेक्षीले नेपाल टेलिकमको नम्वरबाट मिस्डकल गर्नु भएमा  कलब्याक गरिनेछ । परामर्शदाता र सेवापेक्षी बिचको संवाद गोप्य रहनेछ । आफ्नो समस्या नि:सङकोच व्यक्त गर्नु भएमा परामर्शदाताद्बारा  आफूमा अन्तर्निहित ज्ञान र सीपको सहायताले समस्या समाधान गर्ने प्रयत्न गरिनेछ । ।भविष्यपर्यन्त कोभिड -१९ को  उपस्थिति वा  अनुपस्थितिमा समेत यो निःशुल्क सेवा कार्य जारी रहनेछ ।

9840-32-3223

कार्यविधि

मनोसामाजिक परामर्श मेरो एक नितान्त वैयक्तिक प्रयास हो । परामर्श सेवापक्षीले नेपाल टेलिकमको नम्बरबाट मिस्डकल गर्नुभएमा कलब्याक गरिनेछ । परामर्शदाता र सेवापक्षी बीचको सम्बाद गोप्य रहनेछ ।आफ्नो समस्या निसङ्कोच व्यक्त गरेमा परामर्शदाताबाट आपूफ्मा अर्न्तनिहित ज्ञान र सीपको सहायताले समस्या समाधान गर्न प्रयत्न गरिनेछ ।

परामर्श–प्रतिमान

द्रातब्य मनोशारीरिक परामर्शान्तर्गत निम्नोदित मर्यादाहरु रहनेछन ।

१ गहिरो स्वास प्रश्वासको विधि र समयावधि ।

२ अभ्यास (मनोशारीरिक ) Psychophysical exercise.

३ मनोनाटक ( Psychodrama )

४ स्व:सम्मोहन (Self hypnoses )

५ स्व:उपचार ( Self Healing )

६ विभिन्न विश्रामिय तरीकाहरु ( Various Relaxtation  Technique )

७ ध्यान ( Meditation )

 

मनोबैजनिक परामर्श
मनोसामाजिक परामर्श मेरो एक नितान्त वैयक्तिक प्रयास हो
कार्यविधि
कार्यविधि मनोसामाजिक परामर्श मेरो एक नितान्त वैयक्तिक प्रयास हो ।
परामर्श–प्रतिमान
दातव्य मनोशारीरिक परामर्श अन्तर्गत निम्नोदित मर्यादाहरू रहनेछन् ।

मानसिक स्वास्थ्य (समस्या) परामर्श एक परिचय

मैले हाम्रो समाजमा मनोसामाजिक समस्याग्रस्त व्याक्तिहरुलाई केही सहयोग पुर्याउने उद्देश्यका साथ निःशुल्क मनोवैज्ञानिक परामर्श सेवाको अवधारणा ल्याएको हुँ । नि : शुल्क सेवा गर्नुको लक्ष्य निम्न एवम् निम्न मध्यम वर्गीयको पहुँचमा पुग्नु हो । जो समस्याले ग्रस्त छ । खर्च छैन -सेवा चाहन्छ-त्यस्ता व्यक्ति वीच पुग्ने पर्दछ। हाम्रो समाजमा मानसिक समस्यालाई सकारात्मक स्वीकार्दैनन् । यसले सामाजिक कलंकवाट वच्ने क्रममा समस्या समाधानमा व्यवधान ल्याएको हुन्छ ।

यी र यस्तै अनेकौ समस्या निराकरणको लागि टेली काउन्सेलीङ् सेवा कोभिड-१९ वाट उत्पन्न भयलाई समेत मुक्ति दिलाउन सुरु गरीएको हो  ।

विगत एक महिनाको यस अभियानको अध्ययनमा २५-४५ उमेरका महिला कोभिड-१९ को त्रास भन्दा चिन्ता र अवषाद्का लागि डाक्टरी ‌औषधि सेवन गरी रहेका व्यक्तिहरु पाइएको छ । जो औषधि खान चाँहदैन तिनको लागि यो परामर्श विधि प्रभावकारी भएको पाईएको छ । अधिकांश महिलाहरु सामाजिक कलंकको भएले तनावयुक्त छन् -औषधि खान चाहदैनन् । दूर दराजकोले यस्ता औषधिहरुमा निरन्तरता दिन ठूलाशहरमा पुग्न समस्या भएको व्यथा व्यक्त गरेका छन् ।

नैतिक आदि पक्षहरूमा समेत अखण्डताको अपेक्षा गर्दछ ।

मनोविज्ञानी परामर्शदाता

मानसिक समस्याको जड भनेको बाल्यावस्थादेखि नै असुरक्षाको भावना प्रवल रूपमा देखा पर्द । जुन कुरो एउटा चिकित्सा मनोविज्ञानीलाई राम्ररी थाहा हुन्छ । उनले सम्बन्धित पीडित व्यक्तिसँग आमने सामने बसी कुराकानी गरी समस्याको जरासम्म पुगी निराकरण गर्न सहयोगीको भूमिका निर्वाह गर्छन् । मानसिक रूपमा समस्याग्रस्त व्यक्तिको  समस्या समाधान गर्ने मनोविज्ञानीहरूले विशेषतः चिकित्सा मनोविज्ञानमा स्नातकोत्तर वा सोभन्दा माथिका डिग्री हाँसिल गरी परामर्श दिने विषयमा तालिम प्राप्त गरेका हुन्छन् । यसमा अनेकौँ प्रकारका विज्ञता पनि हुन्छन् ।

निष्कर्समा मनोशारीरिक समस्या समाधान हुन्छ जसलाइ चिकित्सक तथा परामर्शदाताले  पहिचान एवं निराकरण गर्ने गर्दछन अतः मानसिक स्वास्थ्य प्रति स्वस्थताकासाथ सजग र जाग्रत होउँ यही मेरो शुभकामना ।

छवि

नाम:    शेष बहादुर खड्का   उमेर: ६६ वर्ष

योग्यता :  एम.. (चिकित्सामनोविज्ञान)

प्रशिक्षण:  मनोसामाजिक परामर्श

अनुभव: निम्नोदित विविध संघ-संस्थामा मनोवैज्ञानिक, मनोसामाजिक परामर्शदाता,मनोशारीरिक उपचारक तथा प्राध्यापकको रुपमा विविध कालखण्डमा सेवा प्रदान ।

  • सिभिक्ट नेपाल
  • त्रिचन्द्र कलेज
  • मनमोहन मेमोरियल कलेज
  • ग्रामीण आदर्श बहुमुखी क्याम्पस
Start My Order

Order my eBook right now!

Nepali version of Geeta with Psychological perspective into it.

टेली काउन्सेलीङ्: दुर परामर्श कसरी गरिन्छ / गरीएको छ ?

मनोशारीरिक समस्या भएका व्यक्तिहरुले दिइएको  फोन नंम्वरमा  सिधै वा ह्वाट्स एप / भाइवर मार्फत सम्पर्क गर्नु हुनेछ । त्यसपछी एक-आपसमा सामान्य परिचय गरि समस्यावारे  जानकारी लिइन्छ ।

समस्या अनुरुप अति कडा खाले मानसिक समस्या (Psychotic ) भएकालाई मानसिक अस्पताल वा मनोचिकित्सा विभाग (Psychiatric Department ) मा रेफर  गरीन्छ । सामान्य रुपमा जे जस्ता अन्य समस्याले दैनिक कामकाज गर्ने  व्याक्तिलाई कठिनाई भएको छ  तिनीहरुलाई परामर्श गरिनेछ ।       

परामर्शप्रतिमान: द्रातब्य मनोशारीरिक परामर्शान्तर्गत निम्नोदित मर्यादाहरु रहनेछन ।

१ गहिरो स्वास प्रश्वासको विधि र समयावधि ।

२ अभ्यास (मनोशारीरिक ) Psychophysical exercise.

३ मनोनाटक ( Psychodrama )

४ स्व:सम्मोहन (Self hypnoses )

५ स्व:उपचार ( Self Healing )

६ विभिन्न विश्रामिय तरीकाहरु ( Various Relaxtation  Technique )

७ ध्यान ( Meditation )

Questions patients ask

Frequent Questions

मानसिक समस्या भनेर कसरी चिन्ने ?

जव मानिस अस्पताल जान्छ शारीरिक रोगको पहिचान निमित्त जे जति परीक्षण गर्दछ ।त्यसको परिणाम स्वरुप तपाँइको शरीरमा केही  रोग हो छ / छैन भन्निछ । यो औषधि खानुस -निको हुन्छ । भएन भने एक हप्ता पछी आउनु होस भन्ने गरिन्छ एक हप्ता औषधि खादा पनि तपाईमा मनोशारीरिक समस्या यथावत रहयो भने त्यहि हो मानसिक समस्या भनि  ज्ञात गर्नुहोस । थाहा पाउनु होस । यदि कुनै आँगीक दोष भए त्यसको उपचार चिकित्सकले गरिहाल्छन  / चिकित्सक एवम् यन्त्रको परिक्षणमा तपाँईमा कुनै रोग नपाउनु, तपाँईको भाग्य हो । किनकी तपाँईको ति समस्या  एवम् गुनासाहरु केहि हप्ता भीत्रै  नीको हुन्छ । मनोविज्ञान-मनश्चिकित्सक-परामर्श (मनोशारीरिक) ले त्यस्ता समस्या निराकरणमा तपाँईलाई उचित मार्ग निर्देशन गर्न सक्षम छन् जसवाट तपाँई समस्या मुक्त हुनु हुनेछ ।

 

 

कस्ता व्यक्तिलाई मानसिक समस्या हुन्छ ?

संसार भरीका जो कोही लाई पनि हुन सक्छ ,जहाँ समस्या त्यहाँ समाधान अवश्य हुन्छ । यसमा वाल-वालिकाको लालन पालन-रहन सहन र संस्कारको महत्वपूर्ण भूमिका हुन्छ ।

विशेष गरि स-साना नानीहरुमा जन्मजात समस्या वाहेक माथि उल्लेखीत समस्या नगण्य रुपमा देख्न सकिन्छ । जीवनको वाल्यवस्था वाहेकका अवस्थामा मानसिक समस्याले  प्रभाव पार्दछ। पारेको  पाइन्छ ।

मानसिक समस्या विशेषत वातावरण एवम् सिकाईको उपज हो । उसको वाल्यावस्था देखिको लालन पालनको  प्रभाव किशोरावस्था देखि नै सकारात्मक / नकारात्मक रुपमा देखिन थाल्छ । अर्थात जीवनको पूर्वार्धको सिकाई एवम् वातावरणले  जीवनभरी भूमिका निर्वाह गर्ने गरेको पाइएको  छ ।

अतः कुनै पनि मानसिक समस्या जीवनभर रहदैन । जुनदिन व्याक्तिले आफ्नो समस्या र त्यसको कारणा वोध गर्दछ । त्यसपछि निराकरण भई हाल्छ । यदि कडाखाले समस्या देखियो / भयो भने केही समय सम्म औषधि खानु पर्ने हुन्छ ।

मनोविज्ञानी / परामर्शदाता (Psychological counsellor)

मानसिक समस्याको जड भनेको वाल्यवस्थादेखिकै असुरक्षाको भावना प्रवल भएर देखा पर्दछ । जुन कुरो एउटा चिकित्सा मनोविज्ञानीलाई राम्ररी थाहा हुन्छ । उनले सम्वन्धित पिडीत व्यक्तिसंग आमने -सामने बसी कुराकानी गरी समस्याको जड सम्म पुगी निराकरण गर्न  सहयोगीको  भूमिका निर्वाह गर्नेछन् ।

के कस्ता समस्या हुन्छन् ?

निन्द्रा नलाग्ने ,निन्द्रामा तर्सने -झस्कने ,निन्द्रा खुल्ने (राती), के गँरु कहाँ जाँउ जस्तो  छटपटि हुने, आत्तिने  भोक नलाग्ने, झर्कने-रुनमन लाग्ने ,वोल्न मन पटक्कै नलाग्ने , एकान्तता चाहने ,केही गर्न सक्तिन जस्तो लागिरहने ,के-के रोग लाग्यो भनि शंका गर्ने ,टाउको दुखिरहने, शरीरका महत्वपूर्ण अंगहरु दु:खेको-सुन्निएको भान हुने ,कानमा कसैले केही भनिरहेको छ जस्तो भ्रम हुने ,आँखा धमिलो हुने आदित्यादी । यस्ता कुरा सवै व्याक्तिलाई भएको हुन्छ । कसले कति सम्म थेग्न सक्छ, मात्रामा भर पर्दछ । यी सवै सामान्य वैयक्तिक अनुभूति हो  तर जसले यसको सामना गर्न सक्तैन त्यो नै उसको मानसिक समस्या हो । हुन सक्छ । हुन जान्छ ।

कहाँ जाने?

शारीरिक समस्या लिएर अस्पताल गएपछि त्यहिँ वाट Psychiatric विभागमा  Refer  गरिदिन्छन् । यदि मानसिक समस्यामात्र छ , शारीरिक गुनासा (Complaints) छैन भने आफूलाई पाएक पर्ने हेल्थपोस्ट वा अस्पताल जाने , त्यसो गर्न  नसके  Google मा गई (पहुँच हुनेले) Mental health  counselling center खोजी Mail वा Phone  गर्ने ।

मानसिक स्वास्थको उपचारपध्दती

यसको उपचार दुई प्रकारले गरिन्छ ।

१औषधि (लठ्ठीने) वाट

२ परामर्श द्वारा

औषधिको प्रयोग गरी उपचार गर्ने व्यक्तिलाई मनोचिकित्सक (Psychiatrics) भनिन्छ । उनले MBBS-MD (Psychiatrists) को डिग्री लिएका हुन्छन । मानसिक रोगको लागि उपयोग गरिने सवै जसो औषधिहरु लट्ठायाउने  प्रकारका हुन्छन । जसको मात्रा  एवम् वर्गीकरण र यसले शरीरमा पार्ने प्रभावका विज्ञ हुन्छन मनोचिकित्सकहरु। त्यसैले यी औषधिहरु अन्य चिकित्सकले समेत आफ्ना विरामीमा प्रयोग गर्ने गर्दैनन् वा प्रयोगमा नल्याइदिए वेश हुनेछ ।

मानसिक स्वास्थ्य (समस्या) परामर्श एक परिचय

मैले हाम्रो समाजमा मनोसामाजिक समस्याग्रस्त व्याक्तिहरुलाई केही सहयोग पुर्याउने उद्देश्यका साथ निःशुल्क मनोवैज्ञानिक परामर्श सेवाको अवधारणा ल्याएको हुँ । नि : शुल्क सेवा गर्नुको लक्ष्य निम्न एवम् निम्न मध्यम वर्गीयको पहुँचमा पुग्नु हो । जो समस्याले ग्रस्त छ । खर्च छैन -सेवा चाहन्छ-त्यस्ता व्यक्ति वीच पुग्ने पर्दछ। हाम्रो समाजमा मानसिक समस्यालाई सकारात्मक स्वीकार्दैनन् । यसले सामाजिक कलंकवाट वच्ने क्रममा समस्या समाधानमा व्यवधान ल्याएको हुन्छ ।

यी र यस्तै अनेकौ समस्या निराकरणको लागि टेली काउन्सेलीङ् सेवा कोभिड-१९ वाट उत्पन्न भयलाई समेत मुक्ति दिलाउन सुरु गरीएको हो  ।

विगत एक महिनाको यस अभियानको अध्ययनमा २५-४५ उमेरका महिला कोभिड-१९ को त्रास भन्दा चिन्ता र अवषाद्का लागि डाक्टरी ‌औषधि सेवन गरी रहेका व्यक्तिहरु पाइएको छ । जो औषधि खान चाँहदैन तिनको लागि यो परामर्श विधि प्रभावकारी भएको पाईएको छ । अधिकांश महिलाहरु सामाजिक कलंकको भएले तनावयुक्त छन् -औषधि खान चाहदैनन् । दूर दराजकोले यस्ता औषधिहरुमा निरन्तरता दिन ठूलाशहरमा पुग्न समस्या भएको व्यथा व्यक्त गरेका छन्

 

मानसिक स्वास्थको उपचारपध्दती

यसको उपचार दुई प्रकारले गरिन्छ ।

१औषधि (लठ्ठीने) वाट

२ परामर्श द्वारा

औषधिको प्रयोग गरी उपचार गर्ने व्यक्तिलाई मनोचिकित्सक (Psychiatrics) भनिन्छ । उनले MBBS-MD (Psychiatrists) को डिग्री लिएका हुन्छन । मानसिक रोगको लागि उपयोग गरिने सवै जसो औषधिहरु लट्ठायाउने  प्रकारका हुन्छन । जसको मात्रा  एवम् वर्गीकरण र यसले शरीरमा पार्ने प्रभावका विज्ञ हुन्छन मनोचिकित्सकहरु। त्यसैले यी औषधिहरु अन्य चिकित्सकले समेत आफ्ना विरामीमा प्रयोग गर्ने गर्दैनन् वा प्रयोगमा नल्याइदिए वेश हुनेछ ।