जीवन के हो ?

जीवन के हो ?

जीवन गतिशीलता हो, यद्यपि अपरिभाषित छ । जीवनको स्रोत पिता माता देखिन्छन् । विचार गर्ने हो भने जीवनको न त स्रोत वा उद्गम देखिन्छ न सुरुवात न कुनै पूर्णाहुति । जीवन छ, चलिरहेछ, चलिरहनेछ ।
जीवन अनेक पदार्थको सम्मिश्रण हो, प्रकृति हो । प्रकृति अविनाशी छ, यसले रुप बदल्छ, विनाश हुँदैन । त्यसैले अमूर्त रहेको जीवन (आत्मा) को उर्जा नष्ट हुँदैन । आत्माको अजर÷अमरता मान्छेको ल्गचतगचभ (कृति) र ल्बतगचभ (प्रकृति) मा केही क्षेणको लागि हेरफेर गर्न सकिन्छ तर यसलाई परिवर्तन गर्न सकिदैन ।मानिसलाइई सिकाइले केही परिवर्तन गर्छ जुन स्थायी हुन सक्दैन ।स्थायीप्रकृतिको लागि उसको ल्बतगचभ (स्वभाव–धर्म) नै परिवर्तन गर्नुपर्ने हुन्छ, जुन जन्मजात स्वभाव अपरिवर्तनीय हुन्छ ।
जीवन खाद्य उर्जा विना सय दिन पनि बाँच्न सक्तैन–विज्ञान भन्छ । अभैm निदाउन पाएन÷निदाउन दिइएन भने त्योभन्दा पनि कम दिनमा नै जीवन सकिन्छ । विना अक्सिजन (प्राण वायु) क्षणभरमा नै इहलिला समाप्त हुन्छ । अतः जीवन उर्जाको संग्रहित रुप हो, जसलाई (उर्जालाई) विज्ञानले अविनाशी भनी स्वीकारेकै छ । परमात्माको परिभाषामा अविनाशी भनिएको पनि यसै कारणले हुनसक्छ ।
जीवन उर्जाको संग्रह मात्र नभई मनको संग्रह पनि हो, जसलाई अनुभव पनि भन्न सकिन्छ । जन्मिदा शरीर त हुन्छ सायद मन हुँदैन । मन पछि संग्रहित अमूर्त तत्व हो÷हुनसक्छ । किनभने, बिना अनुभवको मन पाइँदैन । मानिसले शरीरलाई जित्न सक्छ, सकेको छ, त्यसैले जितेन्द्रीय शब्द बनेको हो । मनलाई आजसम्म जितेको थाहा भएन । भनिन्छ, मनलाई जित्न नितान्त एक्लो हुनु पर्दछ । भीडभाडमा पनि एक्लो हुन सक्नेले मन जित्नुभन्दा पनि मनै हराउँछ । किनकि मन तिमी र म अर्थात एक अर्का बीचको सीमारेखा हो । हरेक व्यक्तिको मन निन्दा होइन प्रशंसा मन पराउँछ । निन्दा र प्रशंसाले दूधेबालकलाई त्यति प्रभाव पार्दैन जति अनुभवीलाई पार्दछ । ऊ चाहन्छ, उसको निन्दा नहोस्, अर्काको प्रशंसा नहोस आफ्नो होवस् । समभाव सम्भव देखिँदैन ।
कसैले गरेको निन्दा र स्तुतिबाट चिन्ता वा हर्ष मान्नु हुँदैन । समभावमा रहनुपर्दछ ज्ञानी जनले । मानव व्यवहारमा स्पष्ट प्रभाव देखिने भावानात्क सम्वेदन मनसँग आवद्ध हुन्छ । पुरुषले डाँको छाडेर रुँदैन तर महिलाभन्दा बढी सकसपूर्ण रुवाइ रुँन ऊ वाध्य छ । यस्तो आन्तरिक एवं वाह्य जीवन जिउने जिजीविषा के महिला के पुरुष सबैमा छ ।
जीवन द्वेतमा अल्झिएको देखिन्छ । कोही स्वपीडक त कोही परपीडक, कोही शोषक त कोही शोषित, कोही धनी वा पूँजीवादी त कोही गरिब वा सर्वहारा । के यस्तो जीवन आवश्यक थियो ? र छ ? यो घट्नालाई जीवनको सुरुवाती अवस्थाले निर्धारण गर्दछ, जसलाई प्रारब्ध भन्ने गरिएको पाइन्छ ।
परपीडकहरू प्रत्यक्षतः अर्को व्यक्तिमाथि स्पष्ट रूपमा जाइलाग्ने प्रवृत्तिका हुन्छन् । जबकि स्वपीडकहरू शासक भइहाले भने गान्धीको एघार व्रत सरह हुन जानेछन्, जसमध्येको एक व्रत तीतो खानु रहेको पाइन्छ ।
को कस्तो जीवन जीउन चाहन्छ, त्यो उसको स्वभाव अनुकूल रुचिमा भर पर्दछ÷निर्भर गर्दछ । दुःखको कामना कोही गर्दैन । सुखी कोही देखिँदैन । सुखको कामना जीवनको स्वभाव हो ।
जहाँ सुखको खोज÷चाहना हुन्छ, त्यहाँ दुःख हुन्छ । दुःख बिना सुखको अनुभूति हुन सक्तैन । तसर्थ दुःख वा अशान्ति सुख वा शान्तिको कामनाको उपज हो । अचेतन मनको अस्थिपञ्जर हो । वाह्य व्यवहारमा हामी सुख भएन भन्दछौँ । अरूको नजरमा हामी सुखी देखिन्छौँ, हाम्रो नजरमा अरू । विशेषतः व्यक्तिले आपूmले आपूmलाई दृष्टिपात नगरिदिँदा नजिकको तीर्थको महत्व घटाएर टाढाको तीर्थको बखान गरेजस्तै हो । हामी बीच एक अर्काप्रति हेर्ने÷बुझ्ने दृष्टिकोण ।
हामी कसेलाई पनि थाहा छैन, सुख के हो ? सुखको परिभाषा गर्नेलाई नै विश्वास छैन उसको परिभाषा सही हो÷छ भनेर । कसैलाई काँडा बिझ्दा पनि सुख हुनसक्ला भने काँडा झिक्दा दुःख नहुने शायदै होलान् । अतः सबै सुख पाइएन भनी सुख खोज्छन्– खोज्न भोँतरिन्छन् तर सुख बेच्न राखिएको पाइँदैन । खरिद गरिएका सुखले पनि दुःखै दिन्छन् । अतः सबै सुख ! सुख ! भन्दछन् । सुख के हो भन्ने कोही यकिन गर्न सकिरहेका छैनन् । यौन सुख, क्षुधा शान्ति सुख, वाचाल सुख, मौन सुख, आर्थिक–आस्तिक– नास्तिक के कुन सुख ? मानिस सानो अंश हो प्रकृतिको । तर सर्वत्र व्यापक छ–उसको जीवन । त्यसैले हरेक सुख÷दुःखको अगाडि एउटा नाम वा विशेषण जोडिने गर्दछ । यति हुँदाहुँदै पनि यिनै सुख÷दुःख कसैको लागि विपरीत हुने गर्नछ र भन्ने गर्नछन्– सुख÷दुःख भएर के गर्नु ? बूढाको लागि तरुनी विष मानिन्छ तर तरुनीको लागि बूढो अमृत पनि हुन सक्छ । अर्थात् दुवैलाई आ–आफ्नो ठाउँमा दःुखै हुनेछ ।
सुख–दुख,आनन्द–पीडा सबै शारिरीक अनुभूति नभई मनको भ्रम हो किनकि व्यक्तिको प्रवृत्ति(चित्तवृत्ति) जस्तो हुन्छ, त्यस्तै अनुभूति हुन्छ । तर सुख, दुःख खोजेर पाइँदो रहेनछ । जति घुमेर खोजे पनि रोजे पनि पाइने वस्तु होइन रहेछ । व्यक्ति जहाँ जान्छ, जता भाग्छ, पीडाले पीण्ड छोड्दैन । एकै ठाउँमा ध्यानस्थ बसेर वा घुमेर, खोजेर यी नपाउनु भनेको मनस भएर हो । त्यसैले जस्ले आफ्नो चित्त–आत्मा– अन्तस्करणलाई ज्ञान–भक्ति–कर्मरुपी तपले तरल बनाई आफ्नो पहुँचमा राख्न सक्तछ, त्यसैलाई मात्र यी मनस प्राप्य हुन्छन्–गीता भन्छ । तसर्थ सकासात्मक वा नकारात्मक सोच मनका उपज हुन् । भक्ति कर्म वा ज्ञानार्जन भोलिदेखि वा बुढेसकालमा गरौँला भन्नु यथार्थमा योग्य हँुदैन । तर आज कसैमा पनि त्यो भावना उत्पन्न हुँदैन । त्यसैले भोलि वा पछि गरौँला नभनी सुखै छैन , किनकि सबै काम कुरा आजै हुने भए पनि सम्भव छैन । जीवन बारे खोज्दा पाइएका केही रोचक विचार जुन अर्जित अनुभावात्मक ज्ञानमा आधारित छ ः
 प्रत्येक व्यक्ति वर्तमानलाई भविष्योन्मुख गराउँछ अर्थात भविष्यको लक्ष्य बनाएर तत्काल आफ्नो जीवनमा परिवर्तन हुन रोक्दछ ।
 भविष्यको लागि लक्ष्य नलिए पशुभन्दा भिन्न हुँदैन ।
 अपेक्षाको अन्त्य छैन । अपेक्षालाई विषय वास्ना पनि भनिन्छ । त्यसैले अपेक्षा शून्य व्यक्त्वि मात्र शान्त र सुखी हुन सक्छ, किनकि थोरै मात्र पनि अपेक्षाले व्यक्तित्व अस्तव्यस्त बनाउँछ र ऊ दुःखी बन्दछ ।
 “मैले भनेको हुनै पर्छ” भन्ने भावना अहंकार हो जसले सुखी हुन दिँदैन ।
 वरत्र पूर्ण पछिको वैराग्यमा मात्र परत्रको अपेक्षा हुन सक्दछ । अतः वरत्र परत्रको कामना व्यर्थ हो भनी बुझ्न सकिएला र ?
 कर्म गर्ने संकल्प शक्ति र फलको अपेक्षा नराख्ने व्यक्तिको जीवन नै साहसी जीवन हो । अर्थात कर्म गर्ने संकल्प र फल छोड्ने साहस नै जीवन हो ।
 जीवन अवसरको समुचित सदुपयोग हो, जो आफ्नो लागि उपयुक्त हुन्छ ।