मानसिक स्वास्थ्य (समस्या) परामर्श एक परिचय
मैले हाम्रो समाजमा मनोसामाजिक समस्याग्रस्त व्याक्तिहरुलाई केही सहयोग पुर्याउने उद्देश्यका साथ निःशुल्क मनोवैज्ञानिक परामर्श सेवाको अवधारणा ल्याएको हुँ । नि : शुल्क सेवा गर्नुको लक्ष्य निम्न एवम् निम्न मध्यम वर्गीयको पहुँचमा पुग्नु हो । जो समस्याले ग्रस्त छ । खर्च छैन -सेवा चाहन्छ-त्यस्ता व्यक्ति वीच पुग्ने पर्दछ। हाम्रो समाजमा मानसिक समस्यालाई सकारात्मक स्वीकार्दैनन् । यसले सामाजिक कलंकवाट वच्ने क्रममा समस्या समाधानमा व्यवधान ल्याएको हुन्छ ।
यी र यस्तै अनेकौ समस्या निराकरणको लागि टेली काउन्सेलीङ् सेवा कोभिड-१९ वाट उत्पन्न भयलाई समेत मुक्ति दिलाउन सुरु गरीएको हो ।
विगत एक महिनाको यस अभियानको अध्ययनमा २५-४५ उमेरका महिला कोभिड-१९ को त्रास भन्दा चिन्ता र अवषाद्का लागि डाक्टरी औषधि सेवन गरी रहेका व्यक्तिहरु पाइएको छ । जो औषधि खान चाँहदैन तिनको लागि यो परामर्श विधि प्रभावकारी भएको पाईएको छ । अधिकांश महिलाहरु सामाजिक कलंकको भएले तनावयुक्त छन् -औषधि खान चाहदैनन् । दूर दराजकोले यस्ता औषधिहरुमा निरन्तरता दिन ठूलाशहरमा पुग्न समस्या भएको व्यथा व्यक्त गरेका छन् ।
नैतिक आदि पक्षहरूमा समेत अखण्डताको अपेक्षा गर्दछ ।
मनोविज्ञानी परामर्शदाता
मानसिक समस्याको जड भनेको बाल्यावस्थादेखि नै असुरक्षाको भावना प्रवल रूपमा देखा पर्द । जुन कुरो एउटा चिकित्सा मनोविज्ञानीलाई राम्ररी थाहा हुन्छ । उनले सम्बन्धित पीडित व्यक्तिसँग आमने सामने बसी कुराकानी गरी समस्याको जरासम्म पुगी निराकरण गर्न सहयोगीको भूमिका निर्वाह गर्छन् । मानसिक रूपमा समस्याग्रस्त व्यक्तिको समस्या समाधान गर्ने मनोविज्ञानीहरूले विशेषतः चिकित्सा मनोविज्ञानमा स्नातकोत्तर वा सोभन्दा माथिका डिग्री हाँसिल गरी परामर्श दिने विषयमा तालिम प्राप्त गरेका हुन्छन् । यसमा अनेकौँ प्रकारका विज्ञता पनि हुन्छन् ।
निष्कर्समा मनोशारीरिक समस्या समाधान हुन्छ जसलाइ चिकित्सक तथा परामर्शदाताले पहिचान एवं निराकरण गर्ने गर्दछन अतः मानसिक स्वास्थ्य प्रति स्वस्थताकासाथ सजग र जाग्रत होउँ यही मेरो शुभकामना ।